प्रादेशिक अस्पताल भद्रपुरलाई एक्स–रे र प्रिन्टर हस्तान्तरण

प्रादेशिक अस्पताल भद्रपुरलाई एक्स–रे र प्रिन्टर हस्तान्तरण
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स–रे र प्रिन्टर मेसिन हस्तान्तरण गरिएको छ ।  नेपाल क्षयरोग निवारण संस्था भद्रपुरले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) द्वारा प्राप्त एक्स–रे मेसिन र संगम बायो मेडिकल सोल्युसन विराटनगरले प्रदान गरेको प्रिन्टर मेसिन बुधबार एक कार्यक्रमका बीच प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो । 

अस्पतालभित्रै करिब डेढ करोड लागतमा जडान गरिएको एक्स–रे मेसिन सञ्चालन गर्ने सहमतिअनुसार १४ बुँदे सम्झौता पत्रमा नेपाल क्षयरोग निवारण संस्था भद्रपुरका सभापति गोपालबहादुर थापा र प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामबाबु खड्काले हस्ताक्षर गरेका हुन्।

एक मात्र ठूलो सरकारी अस्पतालमा पछिल्लो समयमा बिरामीको चाप अत्यधिक बढेको र एक्स–रे सेवालाई छिटोछरितो बनाउने उद्देश्यले क्षयरोग निवारण संस्थाको पहलमा दातृसंस्थाहरूले एक्स–रे र प्रिन्टर मेसिन उपलब्ध गराएको संस्थाका सभापति थापाले जानकारी दिए । 

उनले सम्झौतापत्र अनुसार क्षयरोग निवारण संस्था बाट एक्स–रे सेवाका लागि सिफारिस गरिएका अति विपन्न व्यक्ति र क्षयरोगीहरूलाई निःशुल्क सेवा दिनुपर्ने बताए ।  कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.खड्काले अस्पताललाई प्रदान गरिएको एक्स–रे मेसिनले सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास लिएको बताए । 

अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.