राप्रपा नुवाकोटले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नुवाकोट : राप्रपा नुवाकोटले देशमा हिन्दू राष्ट्र कायम गरिनुपर्नेलगायत विविध माग गर्दै बुधवाबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
शान्तिपूर्ण रूपले देशको अवस्था र व्यवस्था परिवर्तन गरिनुपर्नेलगायत माग गर्दै राप्रपा नुवाकोटले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्र पठाएको हो।
राप्रपाले गरेका मागमा हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका साथै प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तहसहित दुई तहको सरकार, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विषय रहेका छन्।
राप्रपाको टोलीले सदरमुकाम विदुरमा र्यालीसहित बजार परिक्रम गरेको छ। ज्ञापन पत्र बुझाउनुका साथै र्यालीपछि राप्रपाले विदुरस्थित लोकतान्त्रिक चौतारोको कोणसभा गरेको छ। कोण सभामा वर्तमान अवस्थाले देशलाई थिलथिलो पारेको जनाउँदै देशको परिवर्तन आवश्यक रहेको बताए।