बारामा गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण

बारामा गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण
सुन्नुहोस्

सिमरा : बाराको पथलैया-निजगढ सडकखण्डअन्तर्गत पिलुवा नजिकको जंगलमा बुधबार दिउँसो बाघको आक्रमणमा परी मोटरसाइकल यात्रु घाइते भएका छन्। पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको बाघले गुडिरहेको मोटरसाइकलमा आक्रमण गर्दा दुई यात्रु घाइते भएका हुन्।

 
घाइते हुनेमा रौतहट बौधीमाई नगरपालिका ३ का राजु साह बानियाँ र कृष्ण साह बानियाँ छन्। उनीहरूको निजगढस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था सामान्य छ। 

भरतपुरबाट ना३६प ५०११ नम्बरको मोटरसाइकलबाट रौतहट फर्किने क्रममा उनीहरूलाई जीतपुरसिमरा-१६ स्थित पिलुवा नजिकको जंगलमा बाघले आक्रमण गरेको हो। घटनापछि उपचारका लागि अस्पताल पुगेका राजुले जंगलबाट निस्केको बाघले आफूलाई आक्रमण गरेको बताए। मोटरसाइकल पछाडि बसेका राजुले बाघले हातमा टोकेर तान्न थालेपछि मात्रै आफूले थाहा पाएको बताए। 

बाघले हातमा टोकेर तान्न थालेपछि मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो। मोटरसाइकल लड्दा चालक कृष्ण घाइते भएका हुन्। मोटरसाइकल लड्नासाथ बाघ केही पर भागेको र पछाडि आउँदै गरेको यात्रुबाहक बसका यात्रुले होहल्ला गर्दै उनीहरूको उद्धार गरेका थिए। राजुको शरीरको विभिन्न भागमा चोट लागेपनि स्थिति खतरामुक्त रहेको अस्पतालका चिकित्सकले बताएका छन्।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार भएसँगै पथलैया-निजगढ सडकखण्डमा बाघ र हात्तीको चहलपहल बढ्दो अवस्थामा छ। उक्त सडकखण्डको उत्तरतर्फ निकुञ्ज र दक्षिणतर्फ राष्ट्रिय वन क्षेत्र पर्दछ। बारा प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्दा सुरक्षा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.