क्यानडा-११ ले टस जित्यो, ब्याटिङ गर्दै नेपाल ‘ए’
काठमाडौं : एकदिवसीय सिरिजको निर्णायक खेलमा क्यानडा-११ ले टस जितेर फिल्डिङ गरेको छ। मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’विरुद्धको खेलमा क्यानडा-११ का कप्तान साद बिन जफरले नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।
नेपाल ‘ए’ कप्तानी सन्दीप जोराले गरेका छन्। पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा नेपाल विजयी भएको थियो।
नेपालले टोलीमा आज रिजन ढकाल, मयन यादव, किरण ठगुन्ना र विवेक यादव बेञ्चमा छन्। आज आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसीलाई खेलाइएको छ।
अहिले क्रिजमा अर्जुन कुमाल र आशुतोष घिरैया छन्। नेपालले अहिले ६ ओभरमा १९ रन बनाएर खेलिरहेको छ।
नेपाली टोली : अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी
बेञ्च : रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी
प्रतिक्रिया दिनुहोस !