झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

झापामा ब्राउन सुगरसहित चार जना पक्राउ
सुन्नुहोस्

झापा : झापामा एकैदिन लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन्। दमक र बिर्तामोडबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

बिहीबार दिउँसो साढे ४ बजे दमक नगरपालिका–६ स्थित पश्चिम जेसीस चोकबाट पशुहाट बजारतर्फ पैदल जाँदै गरेका गौरीगञ्ज–३ रिमाल टोलका १९ वर्षीय गगन ऋषिदेवलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

उनले बोकेको कालो झोलाभित्र सेतो प्लास्टिकमा सिल गरेको अवस्थामा पानीले भिजेको १०२ ग्राम २६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।

प्रारम्भिक सोधपुछका ब्राउन सुगरको कारोबार सोही ठाउँका २७ वर्षीय रविन पासवान समेत संलग्न रहेको खुलेको थियो। त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा दमक–६ थाना लाइनको चिया पसलमा बसिरहेको अवस्थामा पासवानलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए। 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ। 

त्यस्तै बिहीबार साँझ ५:१५ बजे बिर्तामोड नगरपालिका–४ आदर्श पार्टी प्यालेस अगाडी शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका बिर्तामोड नगरपालिका–५ घर बताउने अन्दाजी १९ वर्षीय निराज मण्डल र बिर्तामोड–६ घर बताउने अन्दाजी १९ वर्षीय राहुल चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ४ ग्राम ब्राउन सुगर फेला पारेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.