नमूना स्कुलमा विज्ञान तथा कला प्रदर्शनी मेला

नमूना स्कुलमा विज्ञान तथा कला प्रदर्शनी मेला
सुन्नुहोस्

उदयपुर : ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले संबैधानिक व्यवस्था अनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार दिने बताएका छन्। उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित नमुना माध्यमिक विद्यालय मुर्कुचीको ६२औं वार्षिकोत्सव तथा दोस्रो रौतामाई विज्ञान तथा कला प्रर्दशनी २०८० को उद्घाटन गर्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन्।

देश संघीयतामा गईसकेकाले अब कसैले अधिकार प्राप्तीको लागि आन्दोलन गर्नु आवश्य नरहेको बताउँदै मन्त्री बस्नेतले वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताए। देशको अर्थतन्त्र लयमा फर्किएको र मुलुक समृद्धि र विकासको बाटोमा अघि बढिरहेको उनले बताए।

गतवर्ष भन्दा यस वर्ष प्रदेश सरकारको बजेटको सिलिङ बढ्ने बताउँदै संघीयताका तिनवटै सरकारहरु तालमेल गराउने गरि कानुन निर्माण गरिने बताए। कार्यक्रममा प्रतिनिधिसभाका सदस्य अम्बरबहादुर रायमाझी, प्रदेश सरकारका कृषी, उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्री र खानेपानी, उर्जा र सिँचाई मन्त्री नारायणबहादुर मगर लगायतले बोलेका थिए।

मन्त्री बस्नेतले २५ मेघावाटको लाईसेन्स प्रदेश सरकारले नै प्रदान गर्न सक्ने गरि विद्युत विद्ययेक ल्याउने तयारी गरेको जानकारी दिए। जिल्ला भरका ३२ वटा विद्यालयका विद्यार्थीले विज्ञान, वातावरण, समाजिक र कला विधामा सृजना गरेका सामाग्रीहरु ९९ वटा स्टल प्रदर्शनीमा राखिएको प्रधानाध्यापक खड्ग थापाले जानकारी दिए। 

रौतामाई गाउँपालिकाको सहयोग तथा नमुना मावि मुर्कुचीको आयोजनामा भएको प्रदर्शनीमा प्रथम हुनेलाई प्रतिविधा १० हजार, द्वितीयलाई ८ हजार र तेस्रोहुनेलाई ५ हजारको दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ। 

प्रर्दशनीमा बिद्यार्थीहरुले सुबिधा सम्पन्न नमुना बस्ति, स्मार्ट सहर, हाईड्रोलिक पिच सडक, व्यवस्थित पार्किङ, घर, पानी मिल, हाईड्रोपावर, वाईन जेनेरेटर, हावाबाट विजुली निकाल्ने प्रविधि, माउण्टेन एरिया, स्काईभेटर, लिफ्ट, जलविद्युत, थोपा सिचाई, सोलार, स्मार्ट मुर्कुची बजारका नक्सा तथा प्रविधिहरु देखाइएको छ। 

त्यसैगरी सोलार प्रविधिबाट खानापकाउने तरिका, मोवाईलबाट लक हुने र खुल्ने गरी स्मार्ट घर, स्वस्थकर खाना, जडिवुटी, झोला, वालविवाह न्युनिकरण सम्बन्धि सन्देशमुलक प्रचार पम्पप्लेट लगायतका सामग्री प्रर्दशनीमा राखिएको उनले बताए। २०७८ सालदेखि नमुना विद्यालयकोरुपमा स्थापित सो विद्यालयले वार्षिकोत्सव दोस्रोपटक विज्ञान प्रर्दशनी मेला आयोजना गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.