‘अर्थतन्त्र सबल हुँदै छ, विदेश नजानुस्’

‘अर्थतन्त्र सबल हुँदै छ, विदेश नजानुस्’
सुन्नुहोस्

नुवाकोट : अर्थमन्त्री डा. प्रकाशरण महतले युवा शक्तिलाई पलायन नहुन आग्रह गरेका छन्। उनले विदेश नगई देशमै बसेर केही गर्न युवाशक्तिलाई सुझाएका छन्।

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको शनिबार भच्र्युअल रूपमा उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले देशमा महँगी दर कम भएको, आर्थिक शिथिलताको अन्त्य भइरहेको, सेयर बजार उकालो लागिरहेको र व्यापार व्यवसायसमेत बढिरहेको दाबी गरे। मुलुकका आर्थिक क्षेत्रका सबै सूचक सुधार भइरहेका कारण अवको युवाशक्ति बिदेसिनु नपर्ने डा. महतको भनाइ छ।

देशमै युवा शक्तिलाई साथ दिँदै अबको बजेटमा सरकारले विशेष कार्यक्रम ल्याउनेसमेत डा. महतको भनाइ छ। सरकारले शिक्षा र सीपमा नयां योजना र कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेको समेत दाबी महतले गरे। उनले स्वजरोजगारमूलक सीपमा जोड दिँदै यसबाटै युवाशक्तिको संरक्षण हुने बताए। सो अवसरमा महतले युवा शक्तिहरू विदेसिइरहेको र उनीहरूलाई स्वदेशमै स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न अवको बजेटमा सरकारले सीप र स्वरोजगारलाई प्राथमिकता दिएर कार्य सञ्चालन गर्नेसमेत वताए। उनले अब आधुनिकताको सिप र स्वरोजगारमुलक लगानी होस भन्ने सरकारले योजना बनाइरहेकोसमेत दाबी गरे। देशभित्रै रोजगारको सिर्जना गर्न शिक्षा र सीपमा सरकारले नयाँ योजना बनाएर आवश्यकताअनुसार बजेट उपलब्ध गराउने अर्थमन्त्री डा. महतले प्रतिबद्धता जनाए।

सरकारले रोजगारको सिर्जना गर्न शिक्षा र सीपमा सरकारले नयाँ योजना बनाएर आवश्यकताअनुसार बजेट उपलब्ध गराउने अर्थमन्त्री डा. महतको भनाई थियो। डा. महतले देशमै होटेल र होमस्टेका विभिन्न विद्याका सीप सिकाउनेदेखि विद्युतीय सामग्री मर्मतलगायत मागमा आधारित तालिमबाट युवा शक्ति विदेशिनवाट रोकिनेसमेत वताए।

‘विकासका लागि पूर्वाधार निर्माण आवश्यक छ, यसले मानिसको दैनिक जीवनयापनमा सहजता ल्याउने भए पनि त्योभन्दा ठूलो शिक्षाको विकास सबैभन्दा शक्तिशाली माध्यम हो।’ अर्थमन्त्री डा. महतले भने, ‘आम्दानीको स्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्वल बनाउन सकिन्छ भन्ने मुख्य बाटो नै शिक्षाले देखाउँछ।’

उनले आफूले सालचौतारोमा भुइँमा बसेर अध्ययन गरेको स्मरण गर्दै अवको शिक्षा आधुनिकता अनुसार प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए। अंशबन्डा गर्नु नपर्ने बौद्धिक सम्पत्ति भनेको शिक्षा भएको र यसको गुणस्तरीयतामा जोड दिइएको डा. महतको भनाइ छ। एकपक्षले बाहिर बसेर हल्ला गरेजस्तो आर्थिक समस्या नरहेको पनि आम्दानी र खर्चको सन्तुलन नमिल्दा आर्थिक क्षेत्रमा केही समस्या भने पक्कै देखिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.