बारामा गाडी मर्मत गर्ने ग्यारेजमा शंकास्पद वस्तु विष्फोट हुँदा पाँच घाइते

बारामा गाडी मर्मत गर्ने ग्यारेजमा शंकास्पद वस्तु विष्फोट हुँदा पाँच घाइते
सुन्नुहोस्

सिमरा : बाराको निजगढस्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार शंकास्पद वस्तु विष्फोट पाँच जना गम्भीर घाइते भएका छन्। निजगढ नगरपालिका-७ स्थित रोहित वर्कशपमा विष्फोट हुँदा पाँच जना घाइते भएका हुन्। 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। विष्फोटबाट उनीहरूको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन्। घाइतेलाई निजगढस्थित सामुदायिक अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएको छ।

गम्भीर घाइते हुनेमा निजगढ नगरपालिका-७ का कारखाना सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत र निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन्। घाइतेमध्ये थापाको अवस्था सामान्य छ। 

यता घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको भन्ने जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्रवक्ता दधिराम न्यौपानेले घाइतेमध्ये एक जनाको मृत्यु भएको जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको बताए।  

विष्फोट भएको उक्त वस्तु के हो भन्ने खुल्न सकेको छैन। प्रहरी प्रवक्ता न्यौपानेले लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए। ‘पहिला घाइतेलाई उद्धार गरी अस्पताल पठाएका छौं’ न्यौपानेले भने ‘अहिले घटनास्थलमा खटिएका प्रहरीले विष्फोट भएको वस्तु के हो भन्ने अनुसन्धान गरिरहेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.