वडाध्यक्षहरूले कुटे प्रमुख प्रशासकीय अधिकृत

वडाध्यक्षहरूले कुटे प्रमुख प्रशासकीय अधिकृत
सुन्नुहोस्

बुटवल : देवदह नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई वडाध्यक्षहरूले कुटपिट गरेका छन्। सोमबार कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि हातपात गरेका हुन्। 

हातपातपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटा र नगरप्रमुख ध्रुवप्रसाद खरेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए। कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, टेबुल, सोफासमेत तोडफोड गरिएको छ। 

सुरक्षाकर्मीले घेरेपछि थप क्षति हुनबाट जोगिएको नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयमा सात वटाका वडाध्यक्षहरूले आपत्ति जनाए। कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्थाअनुसार नगरप्रमुख खरेलले देवदह-७ निवासी खेलकुदप्रेमी कमल पाण्डेलाई संयोजक तोकेका छन्। संयोजक नगरप्रमुखले तोक्न नहुने अडानसहित वडाध्यक्षहरू आक्रोशित बनेको नगरप्रवक्ता डुम्रेले जानकारी दिए। 

आक्रोशित वडाध्यक्षहरूले लगाएको प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखको कार्यकक्षको ताला प्रहरीले खुलाएको छ। वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई फोनमा पटक-पटक धम्क्याउने र कार्यकक्षमै पुगेर हातपात गर्ने घटनाले कर्मचारीहरूको मनोवल गिराएको नगरप्रवक्ता डुम्रेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.