टी-२० मा पनि नेपाल नामिबियासँग पराजित

टी-२० मा पनि नेपाल नामिबियासँग पराजित
सुन्नुहोस्

काठमाडौं : नेपाल टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग पराजित भएको छ। टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल २० रनले पराजित भएको हो।

नामिबियाले २०७ रनको विजय लक्ष्य दिए पनि नेपाल ७ बल अगावै १८६ रन बनाएर अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२, सोमपाल कामीले २६ र गुल्शन झाले १२ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। नामिबियाका जान निकोल लोफ्ट इटनले कीर्तिमानी शतक प्रहार गरेका थिए। उनले ३३ बलमै सतक प्रहार गर्दै कुशल मल्लको रेकर्ड तोडेका थिए। 


त्यस्दै मलान क्रुगरले अर्धसतक प्रहार गर्दै अविजित रहे। क्रुगरले ४८ बलमा २ छक्का र ६ चौकासहित ५९ रन बनाए। माइकल भान लिंगेनले १९ बलमा १ छक्का र २ चौका प्रहार गरेर २० रनको योगदान गरे। जेपी कोट्जीले १ छक्कासहित ११ रन, जान फ्रिलिंकले ५ रन बनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.