‘हात्तीमैत्री पदयात्रा’ सकियो

‘हात्तीमैत्री पदयात्रा’ सकियो
सुन्नुहोस्

उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी वर्ष वन्यजन्तु र जनावरमैत्री बजेट ल्याउने बताएका छन्। प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा एक साता अघि सुरु भएको हात्ती मैत्री पदयात्रालाई उदयपुरको कटारी नगरपालिका-१ बेलसोतमा समापन गर्दै मुख्य मन्त्री कार्कीले उक्त कुरा बताएका हुन्।

उनले आगामी बजेटमा जंगल नजिक फलफूलका बोटविरुवा रोप्ने र प्रकृति र वन्यजन्तुलाई लाभान्वित हुने कार्यक्रम ल्याउने घोषणा गरे। पदयात्राले हात्ती पीडित समस्या बुझ्न र समाधानका उपाए पहिल्याउने कार्य भएकाले प्रदेशको आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रमा विशेष कार्यक्रम ल्याइने उनले बताए। 

हात्तीको परम्परागत जैविक मार्गको पुनर्स्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने उद्देश्यसहित फागुन ९ गते मुख्यमन्त्री कार्की सहितको टोलीले हात्ती प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

पदयात्रा समापन कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती, कृषि उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्री, स्वास्थ्य मन्त्री प्रदीप सुनुवार, प्रदेश उपसभामुख सिर्जना दनुवारको उपस्थिति रहेको थियो। 

हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको उनले बताए। जीव र जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट सुरु भएको पदयात्रा मोरङ सुनसरी पार गरी उदयपुरमा आएर समापन गरिएको हो।

चार जिल्लाका २ सय ४३ किलोमिटर पार गरिएको पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञको सहभागिता रहेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.