चुक्याे नेपाल, जाेर्डनले जित्याे वाफकाे उपाधि
काठमाडाैं : नेपाल वेस्ट एसियन फुटबल एसोसिएसन (वाफ)काे उपाधि जित्नबाट चुकेकाे छ। साउदी अरेबियामा बिहीबार राति भएकाे खेलमा नेपाल पेनाल्टी सुटआउटमा जाेर्डनसँग ५-३ गाेलले पराजित भएकाे हाे। जितसँगै जाेर्डनले उपाधि जितेकाे छ।
खेलकाे २९औँ मिनेटमा नेपालले सविता राना मगरकाे गाेलमा अग्रता लिएकाे थियाे। ७४औँ मिनेटमा बराबरी गाेल गरेकाे जाेर्डनले ८९औँ मिनेट २-१ काे स्थिति बनाएकाे थियाे। खेलकाे अतिरिक्त समयमा नेपालले पाएकाे पनाल्टीलाई सदुपयाेग गरेकाे थियाे।गीता रानाले शानदार गाेल गर्दै बराबरी पारेपछि खेल पेनााल्टी सुटआउटमा धकेलिएकाे थियाे।
प्रतिक्रिया दिनुहोस !