एमालेको प्रश्न : बालकुमारी घटनाका दोषी मन्त्रीलाई बरखास्त गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो ?

एमालेको प्रश्न : बालकुमारी घटनाका दोषी मन्त्रीलाई बरखास्त गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ललितपुरको बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई बर्खास्त नगरेको भन्दै आजपनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ। बैठक सुरू हुनेवित्तिकै एमाले सांसदहरू सिटबाट उठेर दोषी मन्त्रीको राजीनामा माग गर्दै अवरोध जनाएका हुन्।

त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यथापालाई बोल्नका लागि समय दिएका थिए। उनले सरकारी प्रतिवेदनले बालकुमारी घटनामा दोषी ठहराएका भौतिक योजना  तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त किन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

 उनले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो भन्दै प्रश्न समेत गरे। 

'बालकुमारी घटनाका दोषी मन्त्रीलाई बरखास्त गर्न प्रधानमन्त्रीलाई कसले रोकेको हो,'उनले भने,'सरकार जिम्मेवारी भएन। सरकार हरायो। प्रधानमन्त्रीको खोजि हुनुपर्यो। खोजि गर्नका लागि संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि? संसद स्थगित गर्नुपर्ने हो।'

उनले लघुवित्त,सहकारी र दुग्ध किसानका मागप्रति सरकारले वेवास्ता गरेको आरोप लगाए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.