स्वास्थ्य चौकी भवन हस्तान्तरण

स्वास्थ्य चौकी भवन हस्तान्तरण

धनकुटा : निर्माण सम्पन्न भएर पनि अलपत्र परेको साँगुरीगढी गाउँपालिका-४ स्थित फाक्सिव स्वास्थ्य चौकीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ। 

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले साँगुरीगढी गाउँपालिकालाई भवन हस्तान्तरण गरेको हो। आयोजना प्रमुख सुमन मिश्रले साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईलाई भवन हस्तान्तरण सम्बन्धी पत्र प्रदान गरे। ११ वटा कोठा र ४ वटा शौचालय रहेको भवन बिरुवा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो। 

गाउँपालिका र वडा कार्यालयको रोहवरमा भवन हस्तान्तरण गरिएको सघन सहरीका प्रमुख सुमन मिश्रले बताए। उक्त स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको लामो समय बित्दासमेत हस्तान्तरण हुन सकेको थिएन। निर्माण कम्पनीले केही काम बाँकी राखेको थियो। पछिल्लो समय पटक पटक ताकेता गरेपछि निर्माण कम्पनीबाट काम सम्पन्न भएको थियो। नवनिर्मित भवन हस्तान्तरण नहुँदा स्वास्थ्य चौकी जीर्ण भवनबाट सञ्चालन हुँदै आइरहेको थियो। भवन हस्तान्तरण भएसँगै स्वास्थ्य चौकीमा थप सेवा विस्तार हुने गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। 

प्रमुख मिश्रले अलपत्र स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले चालु आर्थिक वर्षभित्र सबै रुग्ण योजना सम्पन्न गरी हस्तान्तरण हुने बताए। बिरुवा कन्ट्रक्सनले निर्माण गरेको फाक्सिवसहित धाप र भीरगाउँ स्वास्थ्य चौकी पनि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ। निर्माण सम्पन्न भएर पनि हस्तान्तरण हुन नसक्दा अलपत्र बनेको स्वास्थ्य चौकीको भवनबारे अन्नपूर्ण पोस्टले निरन्तर समाचार सम्प्रेषण गर्दै आइरहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.