झापा गोल्डकप सुरु, एपिएफको विजयी सुरुवात

झापा गोल्डकप सुरु, एपिएफको विजयी सुरुवात

झापा : मोफसलको चर्चित झापा गोल्डकपको छैटौँ संस्करण शनिबारदेखि सुरु भएको छ। टाईब्रेकरमा भाग्यमानी साबित हुँदै विभागीय टोली सशस्त्रको एपिएफ झापा गोल्डकपमा विजयी सुरुवात गरेको छ। टाईब्रेकरमा संकटा क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

एपिएफका लागि दीपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए। संकटाका चन्दन दास र यमनबहादुर पुतवारको प्रहारले मात्र जाली चुमेको थियो। संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोल पोस्टमा लागेर फर्कियो।

खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो। फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन्। उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो। २० मिनेटमा अनीश महर्जनको प्रहार गोल रक्षकले विफल बनाए। २४ औं मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोस्ट नजिकै रहेका अनीशको हेडर बाहिरियो।

५५ औं मिनेटमा एपिएफका अनीश रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए। खेलको अतिरिक्त समयमा दीपेश धिमालले मैदानको मध्य भागबाट गरेको प्रहार संकटाका गोलरक्षक रानाले मुस्किलले पञ्च गरेर बचाए। खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेल टाइब्रेकरमा गएको थियो। ३४ औं मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए। ६० औं मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले पञ्च गरेर बचाए।

खेलको म्यान अफ द म्याच एपिएफका गोलरक्षक एञ्ञ्जल श्रेष्ठ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए। झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको खेलको उद्घाटन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गरेका थिए। प्रतियोगिताको विजेताले नगद १३ लाख, उपबिजेताले ७ लाख, टफी, मेडल र प्रमाणपत्र पाउने छन्। आइतबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.