ओलीसँग छलफल भएलगत्तै प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

ओलीसँग छलफल भएलगत्तै प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
फाइल तस्बिर।

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेका छन्। आज बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेलगत्तै नेपाल छलफल गर्न पुगेका हुन।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। उनीहरुबीच मन्त्रीमण्डल पुनर्गठन, राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र टिआरसी विधेयकको विषयमा पनि छलफल भएको छ।

एमालेलगायतका विपक्ष दलले दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनामा प्रमुख दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्षसहित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि कि ज्वालाले राजीनामा दिनुपर्ने कि प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ। मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण दु:खद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालेपछि एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बस्ने छुट नभएको भन्दै राजीनामा वा बर्खास्त गरेर कारबाही गर्न विपक्षले अडान राखेको छ। 

सांसदहरुले प्रतिनिधि सभामार्फत सरकारसँग जवाफ माग गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिन रुलिङ गरेका छन्। सोहि अनुसार प्रधानमन्त्रीले सोमबार सम्बोधनको कार्यतालिका छन्। सम्बोधनकै क्रममा आलोचित मन्त्रीको बर्खास्तको जानकारी पनि गराउनुपर्ने प्रतिपक्षीको माग भएपछि प्रचण्डले गठबन्धन दलभित्र छलफल अगाडि बढाएका हुन्।

प्रचण्डले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन्। उनीहरुबीच टीआरसी विधेयक, आलोचित मन्त्रीले राजीनामा दिने कि मन्त्रिपरिषद्को सेटै परिवर्तन गर्ने भन्ने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतको भनाई छ। सरकार सोचे जसरी स्प्रिडमा जान नसकेकाले गठबन्धनभित्रका दलले बाध्यता बुझिदिन प्रचण्डले नेपालसँग आग्रह गरेका छन्। 
 

यो पनि पढ्नुहोस

एमालेसहित विपक्षी दलका सांसदले ललितपुरको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र रामग्राममा जोडिएका संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीसँग जवाफ मागिरहेका छन्। 

यता प्रचण्ड प्रधानमन्त्री बनेको एकवर्ष पुगेपछि उनले कार्यक्षमता अभाव भएका मन्त्रीहरूलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने उद्घोष गरेपनि कांग्रेसले नमानेपछि एमालेलगायत विपक्ष दलसँग छलफल गरेर उनीहरुलाई दबाब दिने रणनीतिमा माओवादी छ। पछिल्लो समय विवादितका विषयमा समेत गठबन्धनभित्र कुरा नमिलेपछि प्रचण्ड गठबन्धन फेर्नुपर्ने अवस्थासमेत आएको पार्टीभित्र बताउन थालेका छन्। 

पछिल्लो समय सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढेपछि प्रचण्ड-ओलीबीचको भेटवार्ता बाक्लिएको छ। यता एमालेले भने दुई शीर्ष नेताबीचको भेटवार्ता सत्ता सहकार्य भन्दापनि शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने विषयमा निरन्तर छलफल भइरहेको दाबी गर्दै आएको छ। टीआरसी विधेयक केहि दिनभित्रै संसदमा पेश गरेर पास गर्ने सरकारको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.