नयाँ मन्त्रिमण्डल गठनबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिए जानकारी

नयाँ मन्त्रिमण्डल गठनबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिए जानकारी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ३ जना बिना विभागीय मन्त्री बनाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई आज शितल निवासमा भेटेर प्रधानमन्त्री प्रचण्डले ३ जना मन्त्रीमण्डल बनाउने जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ।

प्रचण्डले मौखिकरुपमा पौडेललाई सपथ ग्रहणको तयारी गर्न राष्ट्रपति कार्यालयलाई अनुरोध गरेको र केहि समयमा मन्त्रीको नामसहित लिखित पत्र पठाउने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

एमाले नेतृत्वको नयाँ समीकरणबाट संघीय सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेका हुन्। उनी पौडेलसँग छलफल गरेर फर्किएका छन्। 

एमाले-माओवादी-रास्वपाको नयाँ गठबन्धनबाट प्रचण्ड नेतृत्वको सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ। हाल एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्री बनाइनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.