काजिकिस्तान पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं : काजिकिस्तान पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-१२ घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्दै आएका ४० वर्षीया नेत्रमाया गुर्मछान रहेका छन्।
वैदेशिक रोजगारीका लागि काजिकिस्तान पठाइदिने भन्दै उनले पीडितबाट साढे ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्। मासिक ७० हजार रुपैयाँ तलब हुने आश्वासन दिएर रकम लिएर सम्पर्कविहीन भएपछि उनी विरुद्ध उजुरी परेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
३