नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, आसिफ आउट
काठमाडौं : टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालको तेस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका आसिफ शेख आउट भएका हुन्।
१३.४ ओभरमा माइकल लेभिटले उनलाई आउट गराएका हुन्। शेख ३७ बलमा ३ छक्का र १ चौकासहित ४७ रनको योगदान गरेर बाहिरिए।
त्यस अगाडि कप्तान रोहित पौडेल माइकल लेभिटकै बलमा स्कट एडवार्ड्सले क्याच आउट गराएका थिए। पौडेलले १ छक्का र ३ चौकासहित २५ रन बनाए।
२ छक्का सहित २० रन बनाएका ओपनर कुशल भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरेका थिए। ।
नेपालले १४ ओभरमा ३ विकेट गुमाउँदै १२७ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस !