काठमाडौं : टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको हो।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरे।
त्यसैगरी गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहित पौडेलले २५ रन, ओपनर कुशल भुर्तेलले २० रन, करण केसीले ९ रन, सोमपाल कामीले ६ रन, प्रतिश जिसीले ६ रन, दिपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे। आरिफ शेख शून्य रनमा आउट भए। कामी र जिसी अविजित रहे।

खेलमा शेखले ३ छक्का र १ चौका, पौडेलले १ छक्का र ३ चौका, मल्लले ३ छक्का, झाले ३ छक्का, भुर्तेलले २ छक्का र १ चौका प्रहार गरे।
नेदरल्याण्ड्सका लागि टिम भान डर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एंगलब्रेक्ट र फ्रेड कलासेनले समान २/२ विकेट विकेट लिए।




प्रतिक्रिया दिनुहोस !