घरेलु मैदानमा नेपाल ४ विकेटले पराजित

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विकेटले घरेलु टोली नेपाललाई हराउँदै ४ विकेटले नेदरल्याण्ड्स विजयी भएको हो।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने जवाफि ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले ६ विकेटको क्षतिमा १९.३ ओभरमा लक्ष्य भेट्टाएको हो।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन, साइब्रान्ड एंगलब्रेक्टले ४८, भिभिएन किंग्माले २९, म्याक्स ओ डाउडले २२ रन र टिम भान डर गुग्टेनले २१ रनको योगदान गरे। अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सको दुई विकेटसहित ४ विकेट लिए। त्यसैगरी दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिए।

त्यस अगाडि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

त्यसैगरी गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहित पौडेलले २५ रन, ओपनर कुशल भुर्तेलले २० रन, करण केसीले ९ रन, सोमपाल कामीले ६ रन, प्रतिश जिसीले ६ रन, दिपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे।  आरिफ शेख शून्य रनमा आउट भए। 

 नेदरल्याण्ड्सका लागि टिम भान डर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एंगलब्रेक्ट र फ्रेड कलासेनले समान २/२ विकेट विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.