प्रचण्डलाई काँध थाप्नु समयको माग थियो : धनराज गुरुङ
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काँध थाप्नु समयको माग भएको टिप्पणी गरेका छन्। आज बूढानिलकण्ठमा बसेको कार्यसम्पादनपश्चात नेपाली कांग्रेसका उपसभापति एवम् निवर्तमान कानुनमन्त्री धनराज गुरुङले अहिले कांग्रेसको काँधबाट आफैं झरेको टिप्पणी गरेका हुन्।
उनले भने,‘सधैं अरुलाई काँधमा बोकेर हिँड्न सकिदैँन। कहिलेकाहीँ हामी पनि काँधमा चढ्न मन लाग्छ। त्यो समयको माग थियो हामीले काँध थाप्यौं।गल्ति गर्यो भन्ने महसुस गरेका छैनौं।’
उनले संविधान कार्यान्वयनका लागि सत्तामा वा प्रतिपक्षमा जहाँ रहेर पनि कांग्रेसले साथ दिने बताए।