सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय
फाइल तस्बिर।
सुन्नुहोस्

संवैधानिक व्यवस्था अनुसार कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिएको फिर्ता लिने निर्णय गरेको छ। आज बूढानिलकण्ठमा बसेको कार्यसम्पादनले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए।

उपसभापति गुरुङले प्रचण्डलाई समर्थन गरेर दिएको विश्वासको मत आजको बैठकबाट फिर्ता लिने निर्णय गरेको बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर एमाले नेतृत्वको गठबन्धनसँग सहकार्य गरेका छन्।  नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्।

गुरुङले संविधान कार्यान्वयनका लागि सत्तामा वा प्रतिपक्षमा जहाँ रहेर पनि कांग्रेसले साथ दिने बताए। संवैधानिक व्यवस्था अनुसार कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.