कोटेश्वरमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता जारी

कोटेश्वरमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता जारी छ। बालुवाटारमा चार दलको बैठकपश्चात कोटेश्वरमा ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता गरेका हुन्।

उनीहरुको साथ एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल समेत रहेका छन्।

सोमबार साँझ पनि प्रचण्ड माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लिएर नेपालसँग नयाँ गठबन्धनबारे छलफल गर्न पुगेका थिए। एमालेले ग्रिन सिंगल दिएपछि गठबन्धनमा सामेल गर्ने प्रस्ताव लिएर प्रचण्ड नेपाललाई भेट्न पुगेका थिए। भेटमा नयाँ गठबन्धन बनाउँदा आफूलाई सामेल नगरेको भन्दै नेपालले प्रचण्डसँग असन्तुष्ट व्यक्त गरेका हुन्।

एमालेको‘कर्नर’मा परेको एकीकृत समाजवादीले पुन: नयाँ गठबन्धन बन्दा स्वामित्व लिन नपाएपछि पर्ख र हेरको अवस्थामा छन्। । यस पटकपनि आफू र आफ्नो पार्टीसँग कुनै सरसल्लाह नगरी नयाँ गठबन्धन बनाएर, मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै प्रचण्डसँग असन्तुष्ट व्यक्त गरे। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्। 

नयाँ सत्ता समिकरणको सहभागी हुन प्रस्ताव आएपछि नेकपा (एकीकृत समाजवादी)ले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको छ। बैठकले निर्णय गरेपश्चात सरकारमा जाने/नजाने टुंगो लाग्नेछ। केन्द्रमा परिवर्तन भएको गठबन्धनको प्रभाव प्रदेश सरकारमा देखिन थालिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.