बालक अपहरण गर्ने व्यक्ति पक्राउ

बालक अपहरण गर्ने व्यक्ति पक्राउ
सुन्नुहोस्

धरान : सुनसरीको रामधुनी नगरपालिका-१ का ७ वर्षीय बालक अपहरण गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको धनपुरी गाउँपालिका-३ को ३५ वर्षीय रामदेव ऋषिदेव रहेको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। सोमबार दिउँसो १ बजे रामधुनिको झुम्का बजारबाट बालकलाई अपरिचित व्यक्तिले उठाई लगेको सूचना प्रहरीले पाएका थिए। 

खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट प्रहरी अधिकृतको कमाण्डमा प्रहरीहरू परिचालित गरेर झुम्का भित्री सडक खण्डमा बालकलाई लिएर जाँदै गरेको अवस्थामा बालकको सकुशल उद्धार गरेर  रामदेवलाई पक्राउ गरिएको एसपी रेग्मीले बताए। 

प्रहरीले बालकलाई सोमबार मध्यराति उद्धार गरेको थियो। उद्धार गरिएका बालकलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन्।

उनले अभियुक्त रामदेवलाई मंगलबार जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा ५ दिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान कार्य भइरहेको बताए। बालकको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको उनको अबस्था सामान्य रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.