मन्त्रिपरिषद् विस्तारको तयारी : प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शितल निवासमा

मन्त्रिपरिषद् विस्तारको तयारी : प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शितल निवासमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न केही समय अगाडि प्रधानमन्त्री प्रचण्ड शितल निवासमा गएका हुन्।

सत्ता गठबन्धनमा आवद्ध चार दलबाट नामावली टुंगिएका मन्त्रीहरुको नाम लिएर राष्ट्रपति पौडेललाई भेट उनी त्यसतर्फ गएका हुन्। नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिस बमोजिम मन्त्रिपरिषद् गठन गरी राष्ट्रपतिले कार्य विभाजन गर्ने व्यवस्था छ।

आचार्यका अनुसार आजै नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी भइरहेको छ। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्। उनीहरुले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउन पहल गरिरहेका छन्। 

एमाले नेतृत्वको नयाँ समीकरणबाट सोमबार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका थिए।

एमालेले अधिकाशं मन्त्रीहरु गतवर्षको गठबन्धन सरकारमा छोटो समय सहभागी भएका मन्त्रीहरुलाई पठाएको छ। माओवादीले पनि केही मन्त्रीलाई दोहोर्‍याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय सहित ४ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ। रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सुमना श्रेष्ठलाई पठाएको हो । उनका अनुसार पार्टीको बैठकबाट उनीहरुको नाम टुंगो लगाएर पठाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.