बूढानिलकण्ठमा कांग्रेससहित पाँच दलको छलफल

बूढानिलकण्ठमा कांग्रेससहित पाँच दलको छलफल
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनाउन विभिन्न दलसँग छलफल तीब्र पारेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग मिलेर गठबन्धन बनाएपछि सभापति शेरबहादुर देउवा मधेशवादी दलसँग छलफल गरिरहेका छन्।

बुधबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतसँग छलफल गरेका थिए। 

त्यसपश्चात छलफलमा लोसपा)का अध्यक्ष  ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेताहरुबीच छलफल गरिरहेका छन्।

भेटवार्तामा डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्। 

null

यता गठबन्धनमा आवद्ध जसपाका नेता मोहम्मद इस्तिहाक राईले नयाँ सत्ता समिकरणलाई समर्थन गरेको भएपनि सरकारमा सहभागी हुने/ नहुने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।

बिहान नेपालले आफूलाई कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको अफर गरेको एकीकृत समाजवादीको बैठकमा जानकारी गराएका थिए।

नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भुमिका निर्वाह गर्ने निर्णय गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीयसमितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिएका थिए। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रित चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका छन्। उनले पछिल्लो राजनीतिक घटना क्रमले आफूहरुको आन्दोलनको अनुकूल वातावरण बनेको जिकिर गरे।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.