प्रचण्डमा ‘भ्यागुते प्रवृत्ति’ देखियो,कमसल नठान्नुहोला : सिके राउत

प्रचण्डमा ‘भ्यागुते प्रवृत्ति’ देखियो,कमसल नठान्नुहोला : सिके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गठबन्धन परिवर्तनलाई 'भ्यागुते प्रवृत्ति' को संज्ञा दिएका  छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राउतले विदेशीले धाप पार्ने वित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मा गठबन्धन  तोड्ने/जोड्ने  प्रवृत्ति देखिएको आरोप लगाएका हुन्।

'जुन प्रवृत्ति देखियो यसलाई भ्यागुते प्रवृत्ति भन्छु म।  बरु भ्यागुतालाई  समातेर जोख्न सकिन्छ। तर,अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यति कमसल नठान्नुहोला। कतिखेर कुन विदेशीले कतिबेला धाप मारिदिन्छ, कतातिर बुर्लुक्क उफ्रिदिनुहुन्छ। थाहै हुँदैन। यो उफ्राइले काठमाडौंमा मात्रै नभइ सातवटै प्रदेशका सरकार गल्याङगुलुङ ढलिदिन्छन्। जनता र देशले यातना खेप्नुपर्ने।  देशले घाटा व्यहोर्नुपर्ने। उहाँ फेरि गर्वका साथ भन्नुहुन्छ- म मिस्टर उथलपुथल हो। म बाँच्दासम्म यो मुलुकमा उथलपुथल भइरहन्छ। मानौं उहाँ शेषनाग हुनुहुन्छ यो धर्ती नेपाल उहाँको शीरमाथि अडिएको छ। उहाँले याद राख्नुपर्ने कुरा केछ भने हरेक शेषनागको लागि विष्णुको अवतार हुने पनि गर्छ।'

नेता राउतले अहिलेको गठबन्धन सिद्धान्तको धरालतमा निर्माण भएको आफूले ठानेको तर प्रधानमन्त्रीको आजको सम्बोधन सुन्दा अचम्म लागेको बताए।

'रातारात के भएछ जसले गठबन्धन नै फेर्नुपर्ने,घटक दललाई नै फेर्नुपर्ने अवस्था आयो?  मैले त गहिराइमै होला भन्ने ठानेको थिएँ। एक दुईवटा कुर्सी नमिलेर,राष्ट्रियसभामा भोट नआएर जस्ता प्रधानमन्त्रीको कुरा सुन्दा अत्यन्त हल्का लाग्यो। झन् धेरै क्रेडिट दिउँला सोचेको थिएँ। राजनीतिका लागि सकारात्मक रुपमा लिएको थिएँ। सैद्धान्तिक धरातलमा टेकेर वाम ध्रुवीकरण हुँदैछ। सिद्धान्तका आधारमा ध्रुवीकरण हुँदैछ। देश र जनताका लागि सुखद कुरा हो भन्ने सोचेको थिएँ, तर कुरो अर्कै रहेछ, 'उनले भने, 'तैपनि शुभकामना दिन चाहन्छु।'

नेता राउतले जनमत प्रतिपक्षमा रहने जिकिर गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.