टुथपेस्टले भरिएको ट्रक भैरहवा भन्सारको नियन्त्रणमा

टुथपेस्टले भरिएको ट्रक भैरहवा भन्सारको नियन्त्रणमा
सुन्नुहोस्

भैरहवा : भैरहवा भन्सार कार्यालयले बेलहिया नाकाबाट टुथपेस्टले भरिएको ट्रक नियन्त्रणमा लिएको छ। भारतीय नम्बरको ट्रकमा युनिलिभर कम्पनीको दुई सय नब्बे कार्टुन टुथपेस्ट कागजपत्रविना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट)बाट नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए। उनले ट्रकका चालक फरार भएकोले खोजी कार्य भइरहेको बताए।

बरामद टुथपेस्ट अन्दाजी २० लाख रुपैयाँ मूल्य बराबरको रहेको र घटनाको अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ। 'नेपालको कहाँबाट आएको र विना कागजपत्र भारतको कुन  ठाउँमा जाँदै थियो ? कसले निर्यात गर्दै थियो ? लगायत विषय अहिले खुलेको छैन' उनले अन्नपूर्ण पोष्टसँग भने, 'ट्रक र सामग्री नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेका छौँ, थप विषयहरू खुल्दै जानेछन्।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.