ग्लोबल आइएमई बैंकको प्राचिन कलाकृति समावेश क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकको प्राचिन कलाकृति समावेश क्यालेन्डर सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : ग्लोबल आइएमई बैंकले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन्। क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए।

विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र सस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने,‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ। ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ।’

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढी सेवा केन्द्र रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.