मारुनी नाच संरक्षणमा जुट्यो मगर समुदाय

मारुनी नाच संरक्षणमा जुट्यो मगर समुदाय
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रसुवा : लोक संस्कृतिको जगेर्ने हुन नसक्दा मगर समुदायको सबैभन्दा महत्वपूर्ण मानिने मारुनी नाच लोप हुने अवस्थामा पुगेको छ। आफ्नो मौलिक नाच लोप हुने अवस्थमा पुगेपछि गाउँका बुढापाकाहरू यसको जगेर्ना गर्न अहिले कम्मर कसेर लागेका छन्।

यसै अवसरमा  कालिका हिमालय कलेजमा रसुवा र नुवाकोटको गाउँबाट परम्परागत भेषभूषामा सजिएर आएका ७ वटा समूहले मारुनी नाच प्रदर्शन गरे । नाच हेरेर उत्तरगया गाउँपालिका–२ डाडागाउँका उत्तम घले दङ्ग परे । उनका लागि मारुनी नाच विल्कुलै नयाँ भने होइन । 

घलेले डाँडागाउँको गुरुङ समुदायमा १३ वर्षअघि मारुनी नाच देखेका थिए । यसरी बुढापाकाहरू आएर मञ्चमा प्रतियोगिताकै रुपमा मारुनी नाच कहिल्यै देखेका थिएनन् । उत्तरगया–३ का ठूलोगाउँका मारुनी नाच समूहका ८२ वर्षीय वृद्ध चमकबहादुर गुरुङले सुरिलो भाखा र मौलिक लयमा मारुनी भट्टयाए । मारुनी नेपालको परम्परागत नाच हो । 

मारुनी प्रारम्भ हुनुअघि दुईवटा मादलेले विशेष तालमा मादल बजाउनुपर्छ यसलाई ठोकन राख्ने भनिन्छ। यसमा कृष्ण चरित्र,रामायण,महाभारतका कथामा आधारित गीत गाइन्छ । सुरुवातमा ढोका खोल्ने गीत, मारुनी बाँध्ने गीत र देवी देवताहरूको प्रार्थना गीतहरू गाएर मारुनीलाई नचाइन्छ । पहिले देवी बाँध्ने गीत गाएर नाचको आरम्भ हुन्छ । विस्तारै बाधैला, ख्याली, झुमरी, डाँडी गीत गाइन्छ । 

सामरी मारुनी नित्य समूह म्यागङ गाउँपालिका–५ सामरी नुवाकोटका ८३ वर्षीय बुद्धिबहादुर शाक्यले नेतृत्व गरेको समूहले निकै रोचक मारुनी नृत्य प्रर्दशन गरेको थियो। यो समूहले प्रथम पुरस्कार समेत हात पार्‍यो । गाउँगाउँबाट आएका ३ समूहका महिलाले माल गाए । ब्रतबन्ध वा विवाहको साइत गर्ने शुभ लग्नमा माल गाउने चलन छ । 

रसुवामा सम्भवत प्रतियोगिता कै रुपमा हालसम्मकै पहिलो कार्यक्रम हो । गुरुङ र मगर समुदायमा परम्परादेखि नै विभिन्न सरस्वती पूजा तथा अन्य शुभकार्यमा देखाइने मारुनी नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । 

कालिका गाउँपालिका–३ का पिताम्बर आचार्यले पनि लोप हुने अवस्थामा पुगेको मारुनी नाच झ्याली र मादलसँगै मारुनी नाचे । हाम्रा मौलिक संस्कृति मासिन लागेको समयमा यो कार्यक्रमले नयाँ पुस्तालाइ ब्युँझाउने उनले विश्वास व्यक्त गरे।

मारुनी नाचमा दुई मारुनी,दुईदेखि तीन मादले, एकजना पुर्सिङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन् । पुर्सिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी सिङ्गारिएको भए पुर्सिङ्गेको मादलेसँग नाच्ने जिम्मा हुन्छ । 

हाउ भाउ तथा ताल र चाल पुरै मारुनीकै मिलाउनुपर्ने पुर्सिङ्गेहरु एकपछि अर्को बदलिएर नाच्न सक्छन् ।  ठाउँ अनुसार मारुनी नाचमा कम्मरमा पटुका बाँधेर पुर्सिङ्गे बनाइन्छ ।  पुरुषलाई महिलाको कपडा पहिराएर श्रृंगारपटार गरी मारुनी बनाएर मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर,गुरुङ,तामाङ,लिम्बू  जातिको पुरानो मुख्य संस्कृति रुपमा विकास हुँदै गरेको पाइन्छ । 

अहिले पौराणिक कथामा आधारित गीतका साथ मादलको तालमा नाचिने मारुनी नाच रसुवामा लोप हुने अवस्थामा पुगेको छ । उत्तरगया र नौकुण्ड गाउँपालिकाको केही गाउँमा १२ वर्ष अघिसम्म गाउँमा मारुनीको चलन थियो । 

मारूनी नाचमा मादल नै मुख्य बाजा हो । मादलमा एक गुरु मादल हुन्छ । मादलेहरूले कम्मरमा मादल भिरेर बजाउFदै नाच्ने गर्दछन् । अन्तिममा मारुनी फुकाउने गीतहरू गाएर मारुनीले लगाएका कपडा गहना फुकाल्छन् । 

गीत  शिरैको शिरफूल खोलेर राख,हिजो थियौ जनाना आज मरिद
आङको चोलिया खोलेर राख,हिजो थियौ जनाना आज मरिद । 

यो गीत गाएर मारुनीको पहिरन उतार्न लगाएर मारुनी नाचको समापन हुन्छ । नाच्ने समूहको तर्फबाट घरबेटीलाई आशिष दिँदै गाइन्छ । यो गीतलाई आशिका भनिन्छ । खुशीको अवसरमा नचाइने मारुनी नाचमा आशिका गीतहरू गाएर आयोजक वा घरबेटीलाई आशिष दिइन्छ । नाङ्लोमा गक्ष अनुसारको रुपैयाँ धान र सगुन अगाडि राखेर आशनमा बस्नु पर्ने हुन्छ । 

मारुनी तथा मादलेहरूले नाच्दा खुट्टामा खाँकर लगाउँछन् । खाँकर एक पितल र कासको मिश्रण धातुबाट बनेको हुन्छ । मंजिरा पनि मारूनी नाचमा प्रयोग हुन्छ । मारुनीमा आजभोलि बाँसुरी, मोरचंगा, हारमुनियम,गितार आदी आधुनिक बाजाहरूको पनि प्रयोग हुन्छ । 

मारुनी गाउन आएका नीलकण्ठ महांकाल भजन समूहका विष्णु देवकोटा नृतृत्वको बालन तथा खैजडी नृत्य समेत प्रदर्शन गरे । यो समूहबाट कमल पनेरु मारुनी सिङ्गारिएर छमछमी नाचे । कार्यक्रम हेर्न आएका उत्तरगया –५ का चन्द्रबहादुर विकले भने, ‘हराउँदै गइसकेको मारुनी नाचेर धेरै रमाइलो मात्र भएन अब इतिहास नै ब्युझिने भयो ।’

कार्यक्रममा बिदुरबाट नेवारी भेषभूषा हाकुपटासीमा सजिएर आएको सरिता जोशीको टिमले धिमेबाजा र बासुरीको रोचक प्रस्तुतिले दर्शकको ध्यान तानेको थियो । पञ्चेबाजा,लामा,झाँक्री नाच,खैजडी भजन, बालन,छत्रनाचले त रौनकता थपेको थियो । 

कार्यक्रमका कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा,जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे,बागमती प्रदेशसभा सदस्य इन्द्र गौतमलगायतले नेपालमा सामाजिक र साँस्कृतिक विविधता भएको सबैखाले संस्कृतिको जगेर्ना गर्न सबैले आ-आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड्दिएका थिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.