घुससहित प्रहरी सहायक निरीक्षक र बरिष्ठ हवल्दार पक्राउ

घुससहित प्रहरी सहायक निरीक्षक र बरिष्ठ हवल्दार पक्राउ

काठमाडौं : घुस रकमसहित प्रहरी सहायक निरीक्षक र बरिष्ठ हवल्दार पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी चौकी कान्तिबजार महोत्तरी इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र बरिष्ठ हवल्दार मन्जित कुमार झालाई २० हजार घुससहित नियन्त्रणमा लिएको हो।

अदालतबाट भएको फैसला कार्यान्वयन नगराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अवस्थामा सहायक निरीक्षक यादव र वरिष्ठ हवल्दार झालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतिपाति तथा व्यवसाय गर्न बाधा अवरोध पुर्‍याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त बाधा अवरोध रोकी विद्यालयले ठेक्का दिइ भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफूलहरू,खेतिपाति उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु/नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास टोलिले उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारको जनाएको छ।

महोत्तरीको गौशाला नगरपालिका १२ स्थित गैरीटोलबाट उनीहरूलाई आइतबार नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.