म्याग्नाइटको स्मार्ट इडिसन सार्वजनिक, ३ लाखसम्मको लाभ

म्याग्नाइटको स्मार्ट इडिसन सार्वजनिक, ३ लाखसम्मको लाभ
सुन्नुहोस्

काठमाडौं : नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन भेरियन्ट सार्वजनिक गरेको छ। नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी निसान म्यागनाइट नयाँ, स्मार्ट र नवीनतापूर्ण आरामदायी सुविधासहित उपलब्ध भएको छ।

निसान म्याग्नाइट स्मार्ट इडिसन मार्च महिनामा खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिन्छ। गाडीको खरिदमा ग्राहकले विभिन्न लाभहरू समावेश गरी जम्मा ३ लाख १६ हजार १ सय ९६ रुपैयाँसम्मका फाइदा प्राप्त गर्न सक्नेछन्।

निसान म्याग्नाइट स्मार्ट इडिसनमा अतुलनीय मनोरञ्जनको लागि नयाँ ८ इन्च टचस्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ। ढुक्कले ड्राइभिङ गर्न सक्षम बनाउने फग लाइट समावेश गरिएका छन्। 

स्मार्ट एलईर्ड डीआरएलले कारको डिजाइनमा सुन्दरता थपेको छ। एलोय ह्विल, मस्कुलर लाइन र डायनामिक स्टाइल डिजाइनले गर्दा नयाँ गाडी हरेक कोणबाट साँच्चिकै आकर्षक र बोल्ड देखिन्छ। गाडीमा वायरलेस चार्जरको सुविधा पनि छ। निसान म्यागनाइट एएमटि चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.