मकवानपुरमा गाँजा र चरेससहित २ जना पक्राउ

मकवानपुरमा गाँजा र चरेससहित २ जना पक्राउ
सुन्नुहोस्

हेटौंडा : मकवानपुरमा ८४ केजी गाँजा र १ केजी चरेससहित २ जना पक्राउ परेका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ किलो १२० ग्राम प्रतिबन्धित चरेससहित प्रशान्त तामाङ पक्राउ परेका हुन्। 

मंगलबार बिहान पौने ९ बजे भीमफेदी गाउँपालिका-२ स्थित भैसे चेकपोस्टमा सवारी साधनको चेकजाँच गर्दै गर्दा धादिङको गजुरी गाउँपालिकाका ३१ वर्षीय प्रशान्त तामाङको साथबाट चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

तामाङले चरेसको पोका बागमती प्रदेश ०२-०२० प ८८३३ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएका थिए। पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै आजै हेटौंडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीबाट ८४ किलो १२० ग्राम  लागुऔषध गाँजासहित साविर अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेवारपानीस्थित सडक किनारमा भारतीय नम्बर बिआर ०१ बि एफ ५५८१ कारमा शंका लागेर चेकजाँच गर्दा उक्त कारको सिटको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा गाँजासहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

बारा जीतपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय अन्सारीलाई अदालतबाट दिन १० को म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.