राष्ट्रियसभा उपाध्यक्ष कसलाई ?

राष्ट्रियसभा उपाध्यक्ष कसलाई ?
सुन्नुहोस्

काठमाडौं : एमाले माओवादीसहित चारदलीय गठबन्धनको सहमतिमा ८ बुँदा थिए। तर, नेकपा एकीकृत समाजवादीसमेत मिसिएपछि भएको पाँच दलीय सहमतिमा एक बुँदा हटाइएको छ।

फागुन २१ को सहमतिको बुँदा नम्बर २ मा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो। यो बुँदा फागुन २९ गतेको नयाँ सहमतिमा छैन। हुन त राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भइसकेका छन्। तर, उपाध्यक्ष को हुने भन्ने नयाँ सहमतिमा स्पष्ट छैन। हाल माओवादी केन्द्रका तर्फबाट उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्ष छिन्।

फागुन २१ मा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भएको थियो। फागुन २१ मा एकीकृत समाजवादी पनि थपिएको छ। उपाध्यक्ष पद एकीकृत समाजवादीलाई दिइएको चर्चा पनि छ तर नयाँ सहमति न एकीकृत समाजवादीको नाम छ न एमालेकै। कि हालकी उपाध्यक्ष उर्मिला आर्याल नै रहने हुन्, त्यसको औपचारिक निर्णय भने भएको छैन। अर्यालले राष्ट्रियसभा अध्यक्ष नै दाबी गरेकी थिइन् तर माओवादीले नारायण दाहाललाई अध्यक्ष बनायो।

एकीकृत समाजवादीले उपाध्यक्षमा आफ्नो दाबी गरेको छ। उसको दाबीका कारण पाँचदलीय सहमतिमा दुई नम्बर बुँदा हटाइएको देखिन्छ। तर, उसले उपाध्यक्षमा मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछि प्रधानमन्त्रीको पनि दाबी गरेको छ। दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा प्रधानमन्त्रीमा सेयरिङ हुनुपर्ने उसको माग छ।

उपाध्यक्ष दिएर पन्छाउन खोजेमा त्यो स्वीकार नहुने एकीकृत समाजवादीका एक पदाधिकारीले बताए। ‘विश्वासको मत लिन मात्रै यो चोचोमोचो गरेको भएको त्यो स्वीकार हुँदैन, उनले भने, तर गठबन्धन सञ्चालन र निर्णय प्रक्रियामा समान सहभागिता तथा अध्यक्ष नेपाललाई वरीयताक्रममा तेस्रो स्थानमा राखिएको छ, त्यो सकारात्मक हो, अबका निर्णय तीन शीर्ष नेता बसेर हुन्छ भन्ने यसले प्रष्ट्याएको छ।’

  •     राष्ट्रियसभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित
  •     फागुन २१ मा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा गठबन्धनको सञ्चालन र निर्णय प्रक्रियामा आफ्नो पार्टीको पनि समान सहभागिताको भएको बताए। प्रवक्ता खतिवडाले उपाध्यक्षलगायतका समग्र विषयमा विश्वासको मत पछि छलफल हुने बताए। ‘गठबन्धनको सञ्चालन र निर्णय प्रक्रियामामा सहभागिता हुनुपर्छ भन्ने हाम्रो बटम लाइन थियो, त्यो भयो, अब विश्वासको मत लिएका समग्र विषय छलफल हुन्छ,’ उनले भने।

माओवादी केन्द्रका महासचिव देव गुरुङ राष्ट्रियसभा अध्यक्ष निर्वाचित भइसकेकाले त्यो नराखेको हुन सक्ने बताउँछन्। ‘अध्यक्षको निर्वाचन भइसकेकाले त्यो बुँदा नराखेको हुनसक्छ, उनले अनविज्ञता प्रकट गर्दै भने, ‘कसले पाउने टुंगो लाग्छ, थाहा भइहाल्छ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सहमतिमा थप लचकता अपनाएको बनाए। ‘सहमतिका लागि नै त्यो गरेको हुनुपर्छ। एमाले पछिल्लो गठबन्धनमा धेरै नै लचक देखिएको छ। राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्षदेखि आकर्षक मन्त्रालय पनि छोडेको छ’, ज्ञवालीले भने। यसअघि एमालेबाट गणेशप्रसाद तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.