काठमाडौं : त्रिकोणात्मक टी-२० आई शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ। हङकङमा बुधबार जारी त्रिकोणात्मक टी-२० आई शृंखलाको फाइनलमा निर्धारित ओभर सकिँदा पीएनजीले ८ विकेटको क्षतिमा १७१ रन बनाएको हो।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए। उनले ३७ बलमा ४ छक्का र ५ चौका प्रहार गरे। त्यसैगरी हिरि हिरीले १५ रन, हिला भारेले १८ रन, किप्लिन डोरिगाले १४ रन, चाड सोपरले १३ रन बनाए। अलेई नाओले ३० रन बनाएर अविजित रहे। तर अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि आकाश चन्द र कुशल भुर्तेलले ३/३ विकेट, करण केसी र गुलशन झाले १/१ विकेट लिए। टस जितेर नेपालले पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको हो।
प्रतिक्रिया दिनुहोस !