धितोपत्र बोर्ड अध्यक्षमा १९ आकांक्षी, ९ पुरानै

धितोपत्र बोर्ड अध्यक्षमा १९ आकांक्षी, ९ पुरानै

काठमाडौं : नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । गत पुस २० देखि रित्त पदमा बोर्डका निमित्त प्रमुख डा.नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोखरेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठसहित छन् ।

तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेन्जका सीईओ कृष्णबहादुर कार्की, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डकै पूर्व कार्यकारी निर्देशक नीरज गिरी तथा नेपाल इन्फ्रास्ट्रचर बैंकका पूर्व सीईओ रामकृष्ण खतिवडाले पनि अध्यक्ष पदका लागि आकांक्षा देखाएका छन् ।

यस्तै डा. केशव प्रसाद श्रेष्ठ, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, सन्तोषनारायण श्रेष्ठ, डा. रघुराज काफ्ले, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, खगेन्द्र कटुवाल, डा. बिमलकुमार तिवारी, प्रवीन पन्दाक र मुक्ति अर्यालले पनि आवेदन दिएका छन् ।

अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएयता बोर्ड प्रमुखको पद रिक्त छ । भीष्मराज ढुंगाना बर्खास्त भएपछि उनको बाँकी कार्यकालका लागि हमाल २०७८ फागुन ५ गते नियुक्त भएका थिए ।

सोबेला कुल १५ जनाले आवेदन दिएका थिए । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. भट्ट र कृष्णराज पोखरेललाई उछिन्दै हमाल अध्यक्ष बनेका थिए । बोर्डको अध्यक्ष पदका लागि दोस्रोपल्ट मागिएको दाबेदारीमा १५ जनाले आवेदन दिएकामध्ये सिफारिस तथा छनोट समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरूमध्ये कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीनको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो । अन्तर्वार्ता दिएका निरज गिरी र खगेन्द्र कटुवालले भने सो चरण पार गर्न सकेका थिएनन् ।

त्यतिबेला आवेदन दिनेहरू हमाल, डा. भट्ट, पोखरेल, गिरी र कटुवालसमेत मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, डा. जीवन अम्गाई, सीताराम थपलिया, डा.केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्याल थिए ।

अर्थात् यसपल्ट आवेदन दिने १९ मध्ये चिरञ्जीवी चापागाईं, कृष्णराज पोखरेल, डा. नवराज अधिकारी, डा. गोपाल भट्ट, नीरज गिरी, डा. केशव प्रसाद श्रेष्ठ, सिताराम थपलिया, खगेन्द्र कटुवाल र मुक्ति अर्याल अघिल्लो पल्टका पनि आकांक्षी थिए ।

धितोपत्र ऐन, २०६४ मा अध्यक्षको कार्यकाल चार वर्षको हुने र सरकारले चाहेमा एउटा कार्यकाल सम्पन्न गरेको व्यक्तिलाई पुनः एक पटकका लागि अध्यक्ष बनाउन पाउने व्यवस्था छ । हमाल नदोहोरिएपछि बोर्डले नयाँ नेतृत्व पाउन लागेको हो ।

त्यतिबेला सेयर बजार विज्ञ तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट र कृष्णप्रसाद पोखरेललाई उछिन्दै हमाल अध्यक्ष बनेका थिए । बोर्ड अध्यक्ष छनोट समिति राष्ट्रिय योजना आयोगका सम्बन्धित सदस्य संयोजक रहने तथा अर्थसचिव र विज्ञ सदस्य रहने प्रावधान छ ।

यसवर्ष अध्यक्ष चयनको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गत माघ पहिलो साता नै गठन भएको थियो । तर, समिति बनेको करिब डेढ महिनापछि कार्यविधि बनेको थियो । अध्यक्ष चयनको कार्यविधि बनेसँगै फागुन १६ गते १५ दिने सार्वजनिक सूचना प्रकाशन भएको थियो । जसमा १९ जनाले आवेदन दिएका हुन् । ढिलाइले गर्दा पुस २० गतेदेखि रिक्त पद यो वर्ष भने पूर्ति नहुने पक्का भएको छ ।

कार्यविधि अनुसार यी आवेदकलाई चार आधारमा मूल्यांकन गरिनेछ । आवेदकको व्यावसायिक कार्ययोजना, शैक्षिक योग्यता, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि योग्य तीन उम्मेदवारको नाम सरकारलाई सिफारिस गर्नेछ। सरकारले तीनै तीनमध्ये एकलाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

सिफारिस समितिले तोकिएबमोजिमको योग्यता र अनुभव भएका आवेदकहरूले दरखास्तसाथ पेस गरेको व्यावसायिक कार्ययोजनाको परीक्षण गर्नेछ । परीक्षणबाट प्राप्त अंकको आधारमा औसत अंक निर्धारण गरी व्यावसायिक कार्ययोजना बापतको प्राप्तांक गणना गरिनेछ । तोकिएबमोजिमको योग्यता र पेसागत अनुभव भएका आवेदकहरूको शैक्षिक योग्यताबापतको प्राप्तांक तथा पेस भएको व्यावसायिक कार्ययोजनाबापतको प्राप्तांकको योगफल निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारहरूमध्ये सम्भव भएसम्म पाँच जना उम्मेदवारहरूको संक्षिप्त सूची तयार गरी व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि छनोट गर्नेछ ।

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनोटमा परेका आवेदकहरूले तोकिएको मिति र समयमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गर्नु पर्नेछ । प्रस्तुतीकरणका लागि ३० मिनेट समय प्रदान गरिनेछ । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि छनोट भई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि उपस्थित उम्मेदवारहरूको शैक्षिक योग्यताबापतको प्राप्तांक पेस भएको व्यावसायिक कार्ययोजनाबापत नियमअनुसार प्राप्तांक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको औसत प्राप्तांक तथा अन्तर्वार्ताको औसत प्राप्तांकको योगफल निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने तीन जना उम्मेदवारहरूको नाम वर्णानुक्रमानुसार सिफारिस गरिनेछ ।

यी हुन् आकांक्षी
१. चिरञ्जीवी चापागाईं

२. कृष्णराज पोखरेल

३. सन्तोष नारायण श्रेष्ठ

४. डा.नवराज अधिकारी

५. डा. गोपाल भट्ट

६. निरज गिरी

७. डा. केशव प्रसाद श्रेष्ठ

८. कृष्ण बहादुर अधिकारी

९.डा. रघुराज काफ्ले

१०. मुक्तिनाथ श्रेष्ठ

११. प्रवीन पन्दाक

१२. सूर्यप्रसाद अधिकारी

१३. रामदेव यादव

१४. सिताराम थपलिया

१५. डा. बिमलकुमार तिवारी

१६. रामकृष्ण खतिवडा

१७. खगेन्द्र कटुवाल

१८. मुक्ति अर्याल

१९. कृष्णबहादुर कार्की


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.