प्री ओपन सेसनमा नेप्से परिसूचक १.८३ अंकले बढ्यो
काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.८३ अंकले बढेर २११५.५५ विन्दुमा कायम भएको छ।
यो सेसनमा ३३ स्क्रिप्सको ९ हजार ५५१ कित्ता सेयर २४ लाख १५ हजार १४ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका स्क्रिप्समध्ये २३ वटाको मूल्य बढ्यो । ६ वटाको मूल्य घट्दा ४ वटाको मूल्य यो समयमा स्थिर रह्यो।