सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा आज सुन - चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो ।
त्यसैगरी तेजावी सुनको मूल्य ८ सयले वृद्धि भइ प्रतितोला १ लाख २५ हजार २ सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४सय थियो ।
आज चाँदी ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार पाँच सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको घटबढसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।