सामसङको ग्यालेक्सी फिट३ सार्वजनिक

सामसङको ग्यालेक्सी फिट३ सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : सामसङ नेपालले फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ सार्वजनिक गरेको छ।  ग्यालेक्सी फिट ३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो। 

सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधियुक्त फिट३ले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने कम्पनीले बताएको छ।

ग्यालेक्सी फिट ३ लाई एल्युमिनियम बडी, एमोलेटेड स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ। जुन अघिल्लो मोडलको तुलनामा ४५ प्रतिशत फराकिलो छ। जसले प्रयोगकर्ताहरूलाई एकै नजरमा विस्तृत इन्साइट्स जाँच गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ। 

यसको तौल हलुका र लगाउन आरामदायक भएकोले सजिलैसँग दैनिकरूपमा प्रयोग गर्न सकिन्छ। यसमा लामो समयसम्म टिक्ने ब्याट्री रहेकाले १३ दिनसम्म आरामले चल्ने कम्पनीले बताएको छ। 

प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई निजीकृत गर्न सक्छन् र १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिश बनाउन सक्छन्।

ग्यालेक्सी फिट ३ फागुन २८ गतेदेखि नेपालभर उपलब्ध भएको छ। यो ग्रे (खैरो), सिल्भर, पिंक (गुलाबी) गोल्ड (सुनौलो) रंगहरूमा उपलब्ध रहेको छ। यसको मूल्य ७ हजार ९९९ रूपैयाँ तोकिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.