सेवोन अध्यक्षमा दाबेदार एक्ली महिला

सेवोन अध्यक्षमा दाबेदार एक्ली महिला
सुन्नुहोस्

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेवोन)को रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका मध्येमा एक्ली महिला प्रवीण पन्दाक रहेकी छन् । झट्ट सुन्दा पुरुषको झैं लाग्ने उनको नामले धेरैको बुझाइलाई झुक्याउन सक्छ । तर, विगत १७ वर्षदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कार्यरत रहेकी उनले अध्यक्षमा दाबेदार गरेकी हुन् ।

ताप्लेजुङमा जन्मेकी पन्देकको शैक्षिक योग्यतामा उनलाई गोल्डमेडलिस्टको रूपमा चिनिन्छ । शंकरदेव क्याम्पसबाट २०६२ सालको  बिजनेस स्टडिजको स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयकै महिलातर्फको गोल्डमेडलिस्ट हुन् । यससँगै उनले कानुन संकायमा एलएलबी र एलएलएमसमेत गरेकी छन् ।  नेपाल ल क्याम्पसमा २०६९–०७२ को ब्याजमा कानुन संकायमा स्नातकोत्तर (एलएलएम –क्रिमिनल ल र कर्पोरेट ल) मा टीयू टपर अर्थात् गोल्ड मेडल हात पार्न सफल भएकी थिइन् । 

२०६४ सालमा नेप्सेमा छैटौं तह अधिकृतबाट प्रवेश गरेकी पन्दाक अहिले नवौं तह अर्थात् वरिष्ठ प्रबन्धक सम्हाल्दै आएकी छन् । साढे एक दशकभन्दा बढी अनुभव सँगालिसकेकी उनले हाल नेप्सेमा पुँजी बजारको सुपरिवेक्षण, सूचीकरण र कारोबारलाई नजिकबाट नियालेकी छन् । यसपटक पनि १८ पुरुषमा एउटी महिला उनीमात्रै हुन् । पुँजी बजारलाई प्राविधिक रूपमा समेत नजिकबाट हेरेकाले पनि यसमै केही गर्न खोजेको उनको भनाइ छ ।  

गत पुस २० देखि रिक्त पदमा पन्दाकसँगै बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोखरेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी, नेपाल स्टक एक्सचेन्जका सीईओ कृष्णबहादुर कार्की, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपाल भट्ट, बोर्डकै पूर्वकार्यकारी निर्देशक नीरज गिरी तथा नेपाल इन्फ्रास्ट्रचर बैंकका पूर्वसीईओ रामकृष्ण खतिवडाले पनि अध्यक्ष पदका लागि आकांक्षा देखाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.