तीन लाखको भन्सार छलीको सामान बरामद
बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याइएका विभिन्न सामग्रीहरू बरामद गरेको छ।
सोमबार प्रहरीको विभिन्न कार्यालयबाट खटेको टोलीले भारतबाट लुकाइछिपाई ल्याएका तीन लाख ३३ हजार आठ सय ५० रुपैयाँ बराबरको सामग्री बरामद गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए।
सिद्धार्थनगर नगरपालिका-४ सुगरमिलबाट ६ सय ९० किलो प्याज, रोहिणी गाउँपालिका-७ अमवाबाट रेडबुल, सरफ, मसला लगायत घरायसी सामग्री, बोइलर कुखुरा, कोटहिमाइ गाउँपालिका-४ बाट महिला पुरुषले प्रयोग गर्ने चप्पल र कपडा लगायत सामग्री बरामद गरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले भारतीय सिमानाकाबाट अवैध रुपमा चोरीपैठारी गरेर ल्याएका सामग्रीहरू दिनहुँ बरामद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिए।