सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष नेतालाई हस्तान्तरण

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष नेतालाई हस्तान्तरण
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माण गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेको  छ। शनिबार बिहान बालुवाटारमा न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदल र शीर्ष नेताबीच छलफलपश्चात कार्यदलले शीर्ष नेतालाई मस्यौदालाई अन्तिम रुप दिएर बुझाएको हो। 

कार्यदलका संयोजक एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गरेका हुन् । 

null

आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल तथा जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यद्वय मनीष सुमन, राजेन्द्र श्रेष्ठ, एसका उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललगायत सहभागी थिए।

गत पुष १० मा एमाले, माओवादी,रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रम सम्पादन गरेर ल्याउने सरकारको तयारी छ। नयाँ सत्ता समीकरण परिवर्तन भएसँगै फागुन २१ मा नीति तथा कार्यक्रमका लागि कार्यदल बनाइएको थियो। एस गठबन्धनमा सामेल भएपछि हमाल र भुसाल थपिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.