कोका–कोलाले बनायो 'द लार्जेस्ट मोमो पार्टी' को गिनिज वर्ल्ड रेकर्ड

कोका–कोलाले बनायो 'द लार्जेस्ट मोमो पार्टी' को गिनिज वर्ल्ड रेकर्ड
सुन्नुहोस्

काठमाडौं : कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मःम पार्टी’का लागि गिनिज वर्ल्ड रेकर्डको उपलब्धि कायम गरेको छ। यसले नेपालमा साँच्चिकै कोक र मःम मन पराउनेको संख्या ठूलो रहेको पुष्टि गर्ने कम्पनीको दाबी छ।

शुक्रबार बौद्धस्थित हायात रिजेन्सी परिसरमा  काठमाडौं  इज कुकिङ’को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर कोका–कोलाले इतिहास रचेको हो। कोका–कोलाले ५०० बढी सहभागीका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। 

प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईटा मःम खान दिएको थियो। खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुई जना साक्षी पनि कार्यक्रममा उपस्थित थिए। १५ मिनेट चलेको कार्यक्रममा सहभागीले कोका–कोलासँगै स्वादिष्ट मःमको स्वाद लिएका थिए।

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्, ‘कोका–कोला र मःम नेपालीलाई साँच्चिकै मन पर्छ। यो उपलब्धि विश्व रेकर्डले पुष्टि गरेको छ। परिकारको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो। हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभव सिर्जना गर्न पाउँदा गर्व गर्दछौं।’

स्वादिलो खानेकुरादेखि चटकदार स्न्याक्ससम्म, कोका–कोलाले विश्वभरिका मानिसका मन पर्ने व्यञ्जनसँगै आफूलाई स्टेपलको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ। यसबाहेक कोका–कोलाले विश्वभरका खानाप्रेमीलाई मोहित गर्ने प्रिय डम्प्लिङ डिस मःमका साथमा छनोट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको छ। 

कम्पनीका अनुसार परम्परागत रूपमा मासुको किमा वा तरकारीले भरिएको अनि बाफमा पकाइने मःम र कोका–कोलाका रिफ्रेसिङ विशेषताले भिन्न स्वाद र उत्तम फ्युजनको परिणाम दिने छ। कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार ९ वर्षदेखि मःमोत्सव अभियान आयोजना गर्दै आएको छ। 

कोका–कोलाले नेपालमा आफ्नो सर्वव्यापी उपस्थितिसहित मःम खाने अनुभवलाई निर्वाध रूपमा पूरक बनाउँदै आएको छ।
कोका–कोलाले नेपालमा ५० वर्ष मनाउँदै गर्दा गिनिज वर्ल्ड रेकर्ड उपाधिले सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने  विरासतलाई कायम राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.