इशान कप फुटसल सुरु

इशान कप फुटसल सुरु
सुन्नुहोस्

काठमाडौं : कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा इशान कप तेस्रो फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी प्रमुख देवेन्द्ररमन खनाल र आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरे।

पहिलो दिन समूह चरणका २१ खेल सम्पन्न भए। त्यसमा १९ खेलको नतिजा निस्कियो भने २ खेल बराबरीमा टुंगियो। नेपाल वायुसेवा निगम ‘ए’ ले नागरिक उड्डयन प्राधिकरणलाई १–०, नेपाल बैंकले नेपाल विद्युत् प्राधिकरण ‘ए’ लाई ५–२, एभरेष्ट बैंकले नेपाल टेलिभिजन (एटीभी) लाई ३–०, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले एनएलजी इन्स्योरेन्सलाई ३–०, सीटीईभीटीले राष्ट्रिय वाणिज्य बैंकलाई २–०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनक शिक्षा सामग्री केन्द्रलाई ३–२, नेपाल आयल निगमले माछापुच्छ्रे बैंकलाई ४–३, कृषि विकास बैंकले वायुसेवा निगम ‘बी’ लाई ५–०, वायुसेवा निगम ‘ए’ ले नागरिक लगानी कोषलाई १–०, एनएलजीले एनटीभीलाई ७–३ र केयूकेएलले एभरेष्टलाई २–० ले पराजित गरे।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भइरहेको प्रतियोगिताको समूह चरणको अन्य खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सीटीईभीटीलाई २–०, राष्ट्रिय वाणिज्य बैंकले जनक शिक्षालाई १–०, आयल निगमले कृषि विकास बैंकलाई २–०, विद्युत् प्राधिकरण ‘बी’ ले माछापुच्छ्रेलाई २–१, नेपाल बैंकले नागरिक लगानी कोषलाई ३–०, एभरेस्टले एनएलजीलाई २–१, सीटीईभीटीले जनक शिक्षालाई ३–१ र विद्युत् प्राधिकरण ‘बी’ ले कृषि विकास बैंकलाई २–१ ले हराए। नागरिक उड्डयनले नेपाल बैंकसँग १–१ तथा विद्युत्प्राधिकरण ‘ए’ सँग २–२ गोलको बराबरी खेल्यो।

प्रतियोगितामा १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा खेलिरहेका छन्। वायुसेवाव निगम र विद्युत् प्राधिकरणको समान २–२ टिम सहभागी छन्। शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। फाइनल सोमबार हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.