सुनकाण्डका दोषीलाई सरकारले  छोड्दैन : पर्यटनमन्त्री

सुनकाण्डका दोषीलाई सरकारले  छोड्दैन : पर्यटनमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

नुवाकोट : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सुन काण्डका दोषीले उन्मुक्ति नपाउने बताएका छन् । जोसुकै भएपनि सरकारले कारवाही गरेरै छाड्ने उनको भनाइ छ । 

नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा माओवादीका नेतासमेत रहेका तामाङले सरकारले दोषीलाई कारवाही गरेरै छाड्ने दावी  गरे। उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कानुन अनुसार कार्य गर्न कसैले पनि रोक्न नसक्ने जिकिर  गरे।

प्रतिवेदनका आधारमा सरकारले कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिइसकेको बताउँदै मन्त्री तामाङले गल्ति गर्नेले कारवाही भोग्ने र निर्दोषले छुटकरा पाउने बताए । मन्त्री तामाङले सुन काण्डको प्रतिवेदन अनुसार कारवाही गर्न गृहमन्त्रीलाई कसैले पनि हस्तक्षेप नगर्ने उल्लेख  गरे।

वर्तमान सरकारले सत्तापक्ष र प्रतिपक्ष नभनी जनताको पक्षमा कार्य गर्ने बताए। मन्त्री तामाङले सहकारी काण्डका दोषीहरू पनि सरकारले कारवाहीको दायरामा ल्याएर छोड्ने बताए।  सहकारीका मुख्य दोषी जीवि राईलाई पक्राउ गरेर छाड्ने बताए।

आर्थिक क्षेत्रको प्रवर्द्धनका लागि पर्यटनलाई मुल मुद्दा बनाउने बताउँदै मन्त्री तामाङले ग्रामीण तथा धार्मिक पर्यटनलाई विस्तार गरिनेमा जोड दिए। उनले आफ्नो कार्यकालमा देशकै लागि नयाँ र परिवर्तन अनुभूति हुनेगरी काम गर्ने योजना रहेको बताए। उनले भने,'संयोग र अवसरको बीचबाट विकासका कार्यहरु हुनेगर्छ। म विभागीय मन्त्री भएको छु। मैले यो गाउँ र नुवाकोटमात्रै होइन,निर्वाचन क्षेत्र, जिल्ला र सिंगो देशलाई केन्द्रमा राखेर हेर्नुपर्छ,’मन्त्री तामाङले भने, ’मेरो कार्यकालमा समग्र देशकै लागि संस्कृति,पर्यटन र नागरिक उड्डयनको क्षेत्रबाट सबैले नयाँ र परिवर्तनको अनुभूति हुने विशेष काम गर्न दत्तचित्त भएर लाग्नेछु।'

जनताका लागि दुरगामी सकारात्मक कार्य गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.