सुडानमा ५० लाख भोकमरीको जोखिममा

सुडानमा ५० लाख भोकमरीको जोखिममा
सुन्नुहोस्

न्युयोर्क (एजेन्सी) : संयुक्त राष्ट्रसंघले सुडानका जनतालाई भोकमरीबाट बचाउन त्यहाँको युद्धरत समूहसँग मानवीय राहत वितरणका लागि अनुमति मागेको छ। सुडानमा जारी युद्धका कारण देशलाई टुक्र्याउने मात्रै नभई करिब ५० लाख सुडानीले भोकमरीको सामना गर्नुपर्ने राष्ट्रसंघले जनाएको छ।     

सुडानका सेना प्रमुख अब्दुल फताह अल बुरहान र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोले गत अप्रिलदेखि सशस्त्र संघर्ष गर्दै आएका छन्। जसमा दसौं हजारको ज्यान गइसकेको छ भने महत्वपूर्ण पूर्वाधार ध्वस्त पारेको छ। युद्धका कारण सुडानको अर्थतन्त्र पनि धराशायी बनेको छ। जसका कारण मानवीय संकटसँगै अनिकाल लाग्ने राष्ट्रसंघले जनाएको छ।     

राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले सुरक्षा परिषद्लाई लेखेको पत्रमा करिब एक करोड ८० लाख सुडानीले खाद्य असुरक्षाको सामना गरिरहेको उल्लेख गर्दै आगामी महिना देशका विभिन्न भागमा करिब ५० लाख मानिस विनाशकारी खाद्य असुरक्षामा फस्ने चेतावनी दिएका छन्। उनका अनुसार डार्फरका २ लाख ४० हजारसहित करिब सात लाख ३० हजार सुडानी बालबालिका कुपोषणबाट ग्रसित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.