छिमेकीलाई फसाउन हजुरबुवा र नातिको हत्या

छिमेकीलाई फसाउन हजुरबुवा र नातिको हत्या
सुन्नुहोस्

परासी : आफूसँग झगडा भएका छिमेकीलाई फसाउनका लागि नवलपरासीमा दुई जनाको हत्या गरेको खुलेको छ। पक्राउ परेका अभियुक्तहरुले हत्या गरेका व्यक्तिसँग आफूहरुको कुनै रिसिइबी नभएपनि छिमेकीलाई घटनामा फसाउन हत्या गरेको प्रहरीसमक्ष बयान दिएका हुन्। 

गत फागुन १ गते जिल्लाको सुस्ता गाउँपालिका–३ मर्चहवाका ७० वर्षीय अक्षयलाल चमार र उनका १२ वर्षीय नाति गौचरण चमारको हत्या भएको थियो। गण्डक नहरको ठोकर नजिक झुपडीको घरमा बस्दै आएका हजुरबुवा र नातिको रातको समयमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

गाउँकै २९ वर्षीय अक्षयकुमार धरिकार र २० वर्षीय चन्दन हरिजन मिलेर उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए।  

गत माघ महिनामा अभियुक्तमध्येका चन्दन हरिजनले घर नजिकैका एक छिमेकीसँग भएको झगडाको रिसिइबी साँध्न उक्त घटना घटाएको देखिएको बोहराले बताए। घटना विवरणअनुसार–हत्या भएका हजुरबुवा र नाति बसोबास गर्दै आएको घर नजिक छिमेकीले बालुवा, गिट्टीको स्टक राखेका थिए।

हरेक दिनको साँझपख छिमेकी बालुवा, गिट्टी व्यवस्थापन गर्न आउने गरेका थिए। एकान्तस्थल रहेको र आउँजाउँ पनि बढी छिमेकीले नै गर्ने भएकाले हत्याको दोष उनैलाई जाने मनसायले अर्का साथीको सहयोगमा हत्या गरेको अभियुक्त प्रहरी समक्ष बयान दिएका छन्।

‘रिसिइबी भएका छिमेकीलाई फसाउन आफूसँग कुनै सम्बन्ध नै नभएका व्यक्तिलाई हत्या गरेको देखियो। सुरुमा हजुरबुवालाई मात्र मार्ने योजना रहेछ। हजुरबुवालाई धारिलो हतियार प्रहार गरेपछि नातिले पनि देखेको र नातिले आफूहरुलाई चिन्ने भएकाले उनको समेत हत्या गरेको अभियुक्तहरुले स्विकारेका छन्’ डीएसपी बोहराले भने। 

एकान्त स्थान भएको र त्यहाँ बसोबास गर्ने हजुरबुवा र नाति मात्र भएकाले उनीहरुको हत्या गरे धेरै आउजाउ गर्ने छिमेकी पक्राउ पर्ने र आफ्नो रिसिइबीको बदला पनि पूरा हुने मनसायका साथ घटना घटाएको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन्। 

प्रहरी अनुसन्धानलाई नै अलमलमा पार्ने गरी गराइएको घटनामा संलग्न अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीलाई एक महिना लागेको थियो। जिल्ला प्रहरी कार्यालयले सिआईबीसहित तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धानपश्चात उनीहरुलाई पक्राउ गरेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.