सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन

सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । 

null

सो क्रममा उनीहरूले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर,भ्रष्ट सरकार मुर्दावाद,सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबादलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

null

नेविसंघका केन्द्रीय सदस्य दिपकजंग शाहीले अहिले सरकार जनताको नभएर ठगहरुको सरकार भएको आरोप लगाए। उनले सुन तस्करी र सहकारीहरुलाई बचाउने काम सरकारबाट भएको भन्दै निरन्तर विरोध गर्ने जिकिर गरे।

नेविसंघले विभिन्न प्रकरणमा मुछिएकालाई गृहमन्त्री र अर्थमन्त्रीका कारण अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गरेको छ । 

null

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.