गुल्मीमा प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गुल्मीमा प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
सुन्नुहोस्

गुल्मी : गुल्मीमा जिल्ला ब्याडमिन्टन संघले प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजन गर्ने  भएको छ। आगामी चैत ९ देखि ११ गतेसम्म जिल्लाको सदरमुकाम तम्घासमा प्रतियोगिता हुने भएको हो। जिल्लामा ब्याडमिन्टन खेलको चौतर्फी विकास, पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए।

संघले सोमबार पत्रकार सम्मेलन मार्फत ब्याडमिन्टन प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ। प्रतियोगितामा खुला पुरुष डबल, ३५ प्लस भेन्ट्रान्स, ४५ प्लस भेन्ट्रान्स, ५५ प्लस भेन्ट्रान्स, खुला पुरुष सिंगल, खुला महिला डबल र खुला पुरुष ग्रेड बी गरी सात विधाका खेल हुने आयोजकले जनाएको छ। खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता विजेताले पुरस्कार स्वरूप ६० हजार, प्रथम उपविजेताले ४० हजार र दोस्रो उपविजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रर पाउने छन्। जसको दर्ता शुल्क तीन हजार राखिएको छ। 

त्यस्तै ३५ प्लस भेन्ट्रान्समा विजेताले ४० हजार, प्रथम उपविजेताले २५ हजार र दोस्रो उपविजेतालाई पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र राखिएको छ। जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ। ४५ प्लस भेन्ट्रान्समा विजेता पुरस्कार ४० हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ। जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ।

५५ प्लस भेन्ट्रान्समा विजेताले ३५ हजार, प्रथम उपविजेताले २० हजार र दोस्रो उपविजेताले पुरस्कार स्वरूप १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्। जसको दर्ता शुल्क दुई हजार राखिएको आयोजकले जनाएको छ। खुला पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगितामा विजेताले ३५ हजार, प्रथम उपविजेताले २५ हजार र दोस्रो उपविजेताले पुरस्कार स्वरूप १५ हजार रुपैयाँ,मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्। दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ। 

जिल्ला ब्याडमिन्टन संघ गुल्मीका सचिव सुरेश श्रेष्ठका अनुसार खुला महिला डबल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र राखिएको छ। त्यस्तै प्रथम उपविजेताले २० हजार र दोस्रो उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्। जसको दर्ता शुल्क दुई हजार राखिएको छ। 

खुला पुरुष ग्रेड बी ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत विजेताले ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्। त्यस्तै प्रथम उपविजेताले २० हजार र दोस्रो उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। जसको दर्ता शुल्क दुई हजार पाँच सय तोकिएको छ। 

ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुला पुरुष डबल र खुला पुरुष सिंगलमा टप २० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउनेछन्। उक्त प्रतियोगितामा पाँच सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताले रेसुंगा नगरपालिकाले सञ्चालन गरेको जाउँ हिँड रेसुंगा अभियानमा पर्यटकलाई जोड्न थप टेवा पुग्ने अपेक्षा लिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.